कोरोनाभाइरस (कोभिड–१९) को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्ने पूर्व तयारीस्वरुप ७ करोड ४४ लाख बराबरको बजेट व्यवस्थापन गरेको छ ।कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को असर न्यूनीकरणका लागि पीसीएमसीको बैठकबाट स्वास्थ्य संस्थाहरूको सवलीकरण, अक्सिजन प्लान्टहरूको सञ्चालन तथा स्वास्थ्यकर्मी परिचालनको प्रवन्ध मिलाईएको प्रदेश सरकारले जनाएको छ ।कर्णालीका मुख्यमन्त्री जीवनबहादुर श