काठमाडौं : सरकारले दशैंलाई ल्याएको च्याङ्ग्रा र खसीबोका नबिकेपछि तिहार अफरमा बेच्नेगरी पत्रिकामा विज्ञापन नै छाप्नु परेको छ। दशैंअघि ल्याएको च्याङ्ग्रा आधाजसो नै बाँकी भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजका पत्रपत्रिकामा तिहार अफरमा बेच्ने गरी विज्ञापन गरेको हो। कम्पनीका अनुसार आजदेखि जिउँदो च्याङ्ग्रा ११ सय ५० र खसिबोका ५ सय ९० रुपैयाँ किलोमा बिक्री गरिनेछ।खरिद गर्ने उपभोक्तालाई निःशुल्क घरसम्मै पुर्याइदिने व्यवस्था पनि गरेको कम्पनीले जनाएको छ । सूचना अधिकारी शर्म