११ वटा स्थानीय तह रहेको दैलेखमा २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। शुक्रबार जिल्ला निर्वाचन कार्यालयमा पुगेर उनीहरूले समाजवादीमा सनाखत गरेका हुन् ।२०७४ को स्थानीय तह निर्वाचनमा दैलेखका ११ स्थानीय तहमा ७ वटा स्थानीय तह जितेको १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष मध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादीमा जाने बुझिएको छ।जिल्लाका ११ स्थानीय तहका ९० वडा मध्ये ५३ वटा वडाहरूमा वडाध्यक्ष सहित सबैजसो वडा सदस्य जितेको एमालेका ३१ जना