ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदले हुन आउने १ करोड ६ लाख ३ हजार ९ सय ८६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा लगानीकर्ताले भदौ ७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । नेपाल धितोपत्र बोर्डले असार ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले जेठ ९ मा बोर्डमा हकप्रद स्वीकृतिको लागि आवेदन दिएको थियो ।