समीट लघुवित्तको २५.२८ प्रतिशत लाभांश प्रस्ताव

समीट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २५.२८ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ ।कम्पनीले सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थालाई मर्ज गरी एकीकृत कारोबार सुरु भइसकेको कारण नगद लाभांश करको व्यवस्था नगरिएको बताएको छ ।संस्थाको यो प्रस्ताव नेपाल […]

सम्बन्धित सामग्री

मर्जर प्रस्ताव पारितका लागि नेशनल माइक्रोफाइनान्सले बोलायो विशेष साधारण सभा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (National Microfinance Laghubitta Bittya Sanstha Limited)ले असार ३ गते विशेष साधारण सभा (Special General Meeting) बोलाएको छ ।  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्ताव पारितका लागि कम्पनीले विशेष साधारण सभा बोलाएको हो । समीट लघुवित्तले समेत मर्जरसहित अन्य विविध प्रस्ताव पारितका लागि असार ३ गते नै वार्षिक साधारण सभा बोलाएको छ । नेशनल माइक्रोफाइनान्सले सभामार्फत मर्जरपछि कम्पनीको अधिकृृत पूँजी रू. १ अर्ब ५० करोड र जारी पूँजी रू. १ अर्ब ८ करोड ४२ लाख ६ हजार हुने गरी प्रबन्धपत्र संशोधन गर्नेछ ।  नेशनल माइक्रोफाइनानसको १ कित्ता शेयर बराबर समीट लघुवित्तको शून्य दशमलव ७३ कित्ता शेयर हुने गरी शेयर आदानप्रदान गर्ने सहमति दुई कम्पनीबीच भएको छ ।  मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने जानकारी कम्पनीले दिएको छ । नेशनल माइक्रोफाइनान्सले मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ । सभा प्रयोजनका लागि नेशनल माइक्रोफाइनान्सले जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  समीट लघुवित्तले भने आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम रहेको छ । समीट लघुवित्तले भने मर्जर प्रस्तावसँगै १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।  यस वर्षको बोनस शेयरपछि कायम हुने समीट लघुवित्तको शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।  नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो । समीट लघुवित्तले साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश (Dividend) प्राप्त गर्न योग्य हुनेछन् ।

समीट लघुवित्तको स्थगित साधारण सभा असार ३ गतेका लागि आह्वान

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा असार ३ गतेका लागि बोलएको छ । यस अघि जेठ ३० गतेका लागि तय गरेको उक्त सभा विशेष कारणबस कम्पनीले स्थगित गरेको थियो ।  जेठ १३ गतेको सञ्चालक समितिको बैठकले अरनिको पार्टी प्यालेस बनेपा, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रुप दिने कार्यक्रम रहेको छ । कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष रू. ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्षको बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस कम्पनीले मर्जरपछि कायम हुने शेयर स्वामित्वमा सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात न्यूनतम ३० प्रतिशतभन्दा कम हुने हुँदा कम्पनीले एफपीओ जारी गर्ने भएको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनछेन् ।

समीट लघुवित्तको साधारण सभा स्थगित

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (Summit Laghubitta Bittiya Sanstha Ltd)ले जेठ ३० गतेका लागि तय गरेको १४औं वार्षिक साधारण सभा (Annual General Meeting) स्थगित गरेको छ ।  जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष कारणबस अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले वार्षिक साधारण सभाका लागि जेठ १८ गतेदेखि बुक क्लोज गर्ने तयारी गरेको थियो । बुक क्लोजको सम्बन्धमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।  सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्तावलाई समेत अन्तिम रूप दिने कार्यक्रम थियो । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  कम्पनीले यस वर्ष रू. ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ४० लाख रहेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २५ दशमलव २९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस वर्षको बोनस शेयरपछि कायम हुने शेयरपूँजीको संस्थापक र सर्वसाधारणको शेयर पूँजीको अनुपात मिलान गर्दा अपुग हुने सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता एफपीओ निष्कासन गर्ने प्रस्तावसमेत सभाका लागि तय भएको थियो । कम्पनीले पुनः वार्षिक साधारण सभा आह्वान गरी उल्लेखित प्रस्तावहरूलाई पारित गर्नेछ ।

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

समीट लघुवित्तको साधारण सभा पुस २४ गते, बोनस र एफपीओ जारी गर्ने प्रस्ताव

पुस २, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले पुस २४ गते १३औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे शुरु हुनेछ ।   सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीलाई २५ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, यस कम्पनी र सजिलो लघुवित्त मर्जर र बोनस शेयर पश्चात संस्थापक र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७१२ कित्ता शेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ । सभाको अन्य प्रस्तावमा कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने, सञ्चालक समितिको सेवा सुविधा परिमार्जन गर्ने, अन्य ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ  । सभा र लाभांश प्रयोजनका लागि पुस १५ गतेदेखि साधारण सभा हुने दिनसम्म कम्पनीको बुक क्लोज हुनेछ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।