पुस २, काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले पुस २४ गते १३औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा आँबुखैरेनी रेटुरेन्ट एन्ड पार्टी प्यालेस, तनहुँमा बिहान १० बजे शुरु हुनेछ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीलाई २५ दशमलव २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, यस कम्पनी र सजिलो लघुवित्त मर्जर र बोनस शेयर पश्चात संस्थापक र सर्वसाधारण शेयर पुँजीको अनुपात मिलन गर्न अपुग ७ लाख ५१ हजार ७१२ कित्ता शेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा स्थानान्तरण गर्ने, सञ्चालक समितिको सेवा सुविधा परिमार्जन गर्ने, अन्य ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने वा मर्जर गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ ।
सभा र लाभांश प्रयोजनका लागि पुस १५ गतेदेखि साधारण सभा हुने दिनसम्म कम्पनीको बुक क्लोज हुनेछ । बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।