समीट लघुवित्तको चौथौ वार्षिक साधारण सभा जेठ ३०मा , लाभांश सहित एफपीओ निष्कासन गर्ने प्रस्ताव

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चौधौं वार्षिक साधारण सभा जेठ ३० गते गर्ने भएको छ ।  कम्पनीको जेठ ८ गते बसेको सञ्चालक समितीको साधारण सभा अरनिको पार्टी प्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान १० ः३० बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै प्रस्तावित १३ दशमलव ५७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७२ प्रतिशत नगद लाभांशलाई पनि स्वीकृती प्रदान गर्नेछ ।  साथै बोनस शेयर वितरणपछि कम्पनीको जारी पुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  सभाले कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न नेपाल राष्ट्र बैंकबाट समेत निर्देशन भएको हुँदा आर्थिक वर्ष २०७८/७९को बोनस शेयर वितरण पश्चात कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको ८ लाख ५३ हजार ६६५ कित्ता साधारण शेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ)को माध्यमबाट शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।  त्यस्तै सभाले समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच आपसमा मर्जरमा जाने सम्बन्धमा गरिएको समझदारीपत्र, सहमतिपत्र, संयुक्त मर्जर समिति गठन एवं सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई आवश्यक कार्य गर्न दिएको अख्तियारी प्रत्यायोजन, संयुक्त मर्जर समितिबाट भएका निर्णयहरु र खर्चहरु अनुमोदन गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १८ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा जेठ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन लाभांश पाउन योग्य हुनेछन् ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस 

सम्बन्धित सामग्री

फेडेरलको दोस्रो वार्षिक साधारण सभा

काठमाडौं– फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा संस्थापक समुहबाट रिक्त सञ्चालकमा नमिता शर्मालाई नियुक्त गरेको छ । यस्तै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । सभाले […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा सुरु

काठमाडौं, २९ चैत्र । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सुरु भएको छ।

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस ३० । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णय अनुमाेदन गरेकाे छ । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा २०७९/९/२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको हाे । बैंकको […]

पञ्चशील सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा

युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारि...

सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा शुक्रबार भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकसाथ सभा सञ्चालन भएको थियो। साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/मा ५.७५ प्रतिशतले हुन आउने […]

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।  कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।