सुशासन तथा भ्रष्टाचार निवारणको विषय पाठ्यक्रममा समेट्नुपर्ने

काठमाडौं । सुशासन तथा भ्रष्टाचार निवारण विषय विद्यालयस्तरकै पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिइएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको स्नातकोत्तर तहको पहिलो शैक्षिक सत्रका विद्यार्थीलाई स्वागत कार्यक्रममा वक्ताहरूले यस्तो धारणा राखेका हुन् । विश्वविद्यालयको सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख तथा केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डा. रमेश पौडेलले सुशासन तथा भ्रष्टाचार निवारणको विषयलाई प्राथमिक शिक्षासम्मै विस्तार गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन स्थापित गर्न र भ्रष्टाचारविरुद्ध चेतनाको विकास गर्न यसको आवश्यकता रहेको उनको भनाइ थियो । उनले यो विषयको पढाइ सम्पन्न भएपछि विद्यार्थीले रोजगार बजारमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।  कार्यक्रममा विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायकी डीन प्राडा. कुशुम शाक्यले संसारभर नै सुशाशनको महत्त्व बढ्दै गएको र यसले समग्र विकास र सामाजिक रूपान्तरणमा सहयोग पुग्ने महसूस गरी यस्तो विषय त्रिभुवन विश्वविद्यालयले शुरू गरेको बताइन् ।  कार्यक्रममा प्रशासनको तर्फबाट रमेश खनाल, पहिलो ब्याचका विद्यार्थी, समाजका प्रतिनिधि र नयाँ विद्यार्थीहरूको सहभागिता थियो । रासस

सम्बन्धित सामग्री

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय पढाइने

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ ।

के हो त्रिविले पढाउने भनेको ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय ?

डिन डा. कुसुम शाक्यले भनिन् 'दुई वर्षअगाडि तीर्थ खनियाँ उपकुलपति भएको समयमा नै ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय ल्याउने कुरा भएको थियो, प्रोसेसमा आउँदा ढिला भएको हो ।'

त्रिविले नयाँ विषयका रुपमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ पढाउने

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ। यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । त्रिवीले यही भदौ १६ गतेदेखि पढाइ सुरु गर्ने भएको हो। सेमेष्टर प्रणालीमा पठनपाठन हुने दुई वर्षे कार्यक्रमका लागि एक लाख ७३ रुपैयाँ लाग्ने कार्यक्रम संयोजक […]

त्रिविमा अब सुशासन तथा भ्रष्टाचार निवारण विषय पढाइ हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन हुने भएको छ। दुई वर्षको रहने यो विषय आगामी भदौं १६ गतेबाट प्रथम सेमेस्टर सुरु हुने बताइएको छ। उक्त कार्यक्रमका संयोगक ढा. योगेश रञ्जितकाअनुसार दुई वर्षे पढाईको कुल खर्च एक लाख ७३ हजार हुनेछ।

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ।  यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको हो। विश्वविद्यालयले आउँदो भदौ १६...

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषय

त्रिभुवन विश्वविद्यालयले  मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षबाट सो विषयको अध्यापन गराउन लागिएको  हो । विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टारको पठनपाठन गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा.योगेश रञ्जितले जानकारी दिए । दुई वर्षे यो विषय पढ्नका लागि रु एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न