फोहोर सङ्कलन गरिँदै

जाजरकोट, २१ फागुन । यार्चागुम्वा संरक्षण गर्नका लागि ठुलिभेरी नगरपालिका–१० ग्यालबारा डोल्पास्थित यार्चागुम्वा पाइने पाटनमा रहेको फोहोर सङ्कलन गरिँदै । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डब्लुडब्लुफए र आमा समूहको सक्रियामा यार्चागुम्वा पाटन सफा गर्न लागिएको हो । रासस

सम्बन्धित सामग्री

वसन्तयाममा सगरमाथामा ७५ टन फोहोर उत्पादन, मानिसको मलमूत्र साढे २१ हजार किलो

काठमाण्डाै – सगरमाथामा यो वर्षको वसन्तयाममा ७५ टन फोहोर उत्पादन भएको छ । वसन्तयामको आरोहण सिजनमा सगरमाथा आधार शिविर र त्योभन्दा माथिसमेत गरी ७५ टन फोहोर उत्पादन भएको र त्यसमध्ये झन्डै ७० टन फोहोर सङ्कलन भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । एसपीसीले आरोहणको समयमा सगरमाथाको फोहोर व्यवस्थापन गर्दै आएको छ । एसपीसीसीका कर्मचारीले आधार शिविरमा ६० हजार चार सय ८८ किलो फोहोर सङ्कलन गरेका छन् । जसमध्ये २१ हजार चार सय ४९ किलो जलाउन सकिने र सात हजार पाँच सय ३६ किलो जलाउन नसकिने फोहोर...

चार महिनापछि फोहोर व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गर्नुभयो । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो । उहाँले भन्नुभयो, “विभिन्न कारणवश थुप्रिएको फोहोर सङ्कलन गरी […]

काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन सुरु गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक हप्तादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । महानगरपालिकाले सूचना जारी गरेर आज बिहानैदेखि फोहोर सङ्कलन सुरु गर्ने जानकारी दिएको हो । फोहोर विसर्जनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक हप्तासम्म फोहोर सङ्कलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने र नकुहिने फोहोर छुट्टाएर घरमै राख्न […]

काठमाडौं महानगरको फोहोर भोलिदेखि उठाइने

काठमाडौँ– काठमाडौं महानगरपालिकाको फोहोर भोलिदेखि उठ्ने भएको छ। महानगरले मंगलबार एक सूचना जारी गरी फोहोर संकलन बिहीबारदेखि शुरू हुने जनाएको छ। विगत एक हप्तादेखि काठमाडौँको फोहोर उठ्न सकेको थिएन् । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले फोहोर व्यवस्थापन स्थलसम्म जाने सडक मर्मत सकिने भएकाले बिहीबार बिहानैदेखि फोहोर सङ्कलन हुने जनाएका छन्। ‘मिति २०७९र०४र१२ गते बिहीबार बिहान […]

भोलिदेखि काठमाडौँको फोहोर उठ्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर सङ्कलन गर्ने भएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरु गरिने भएको हो। ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहोर पुर्‍याउन, त्यसै सूचनामार्फत […]

फोहोर वर्गीकरण नगरे जरिवाना कसले तिर्नु पर्छ?

काठमाडौँ । फोहोर वर्गीकरण सम्बन्धी काठमाडौँ महानगरपालिका वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोर मैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय […]

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।काठमाडौँ महानगरपालिकाक

सफा हिमाल अभियान अन्तर्गत ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन

काठमाण्डाै – नेपाली सेनाको अगुवाइमा भइरहेको सफा हिमाल अभियान-२०२२ अन्तर्गत अहिलेसम्म ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको छ । गएको चैत २२ गते देखि शुरु भएको अभियान अन्तर्गत चारवटा हिमालबाट गरी ३० हजार तीन सय ४५ किलो फोहोर सङ्कलन भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सङ्कलन भएको फोहोरमध्ये पाँच हजार दुई सय ६६ किलो कुहिने र २५ हजार ७८ किलो नकुहिने फोहोर रहेको सेनाले जनाएको छ । सेनाले सबैभन्दा धेरै कञ्चनजंघा हिमालबाट १५ हजार तीन सय ७३ किलो फोहोरो सङ्कलन गरेको...

उठ्न थाल्यो फोहोर

काठमाडौ, भदौ १७ । काठमाडौं उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । काठमाडौं महानगरपालिकाबाट बुधबार एक सय ट्रकमा फोहोर सङ्कलन गरी सिसडोल ल्यान्डफिल साइट पु¥याइएको र ती ट्रकमा पुनः फोहोर सङ्कलन कार्य भइरहेको महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए […]