कर्णालीमा फिल्म महोत्सव हुँदै

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० आयोजना गरिने भएको छ। कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०८० आयोजना गर्न लागिएको यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। रेडचेरी मिडिया प्राली र कर्णाली […]

सम्बन्धित सामग्री

खर्च अभावले खुम्चियो फिल्म महोत्सव, नेपाली सिनेमाका लागि आशको त्यान्द्रो

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) सातौं संस्करणको अन्तिम चरणमा छ । काठमाडौं जारी सातौं संस्करणमा ४० देशका ८८ फिल्म महोत्सवमा सहभागी छन् । नेपालको गैर सरकारी संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष यो महोत्सव सञ्चालन गर्दै आएको छ । महोत्सव आर्थिक अभावका कारण आकार खुम्चिएर गर्नुपर्ने बाध्यता रहेको आयोजकको गुनासो छ । बजेटकै […]

९ मंसिरदेखि ‘थाहा फिल्म महोत्सव’

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा आउँदो मंसिर ९ गतेदेखि १५ गतेसम्म एक साता ‘थाहा फिल्म महोत्सव’ आयोजना हुने भएको छ । थाहा कला केन्द्रको आयोजनामा हुने फिल्म महोत्सवको बारेमा शनिबार हेटौँडामा...

नेपाल अफ्रिका फिल्म महोत्सव तयारी

काठमाडौं । ११औं संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल आगामी १ देखि ३ असारसम्म काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका लागि २० भन्दा बढी अफ्रिकी मुलुकका फिल्म प्राप्त भएका छन् । नेपालबाट महोत्सवमा सहभागी हुन जेठ दोस्रो सातासम्म समय तोकिएको […] The post नेपाल अफ्रिका फिल्म महोत्सव तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र विकास बोर्डले विदेशमा नेपाली फिल्म महोत्सव गर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले नेपालीको सघन बसोबास रहेको मुलुकमा फिल्म महोत्सव गर्ने भएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उद्देश्यले आगामी जनवरीमा फेस्टिभल गर्न लागिएको बोर्डले जनाएको छ । बेलायतको लण्डन वा अष्ट्रेलियाको कुनै सहरमा फेस्टिभल गर्ने तयारी भइरहेको छ । यद्यपि, आयोजनास्थल भने तय भइसकेको छैन । बोर्डको वार्षिक बजेटअन्तर्गत रहेर […]

नेपाल युरोपेली युनियन फिल्म महोत्सव हुने

नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले ११औँ नेपाल युरोपेली युनियन फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा १३ युरोपेली र ३ नेपाली फिल्म नेपाली दर्शक श्रोताहरूमाझ पस्किने भएको छ। महोत्सव अक्टोबर २८ देखि नोभेम्बर १ अर्थात् कार्तिक ११ देखि १५ गतेसम्म चलचित्र विकास बोर्डमा हुनेछ भने त्यसपछि नोभेम्बर ५ देखि ८ सम्म अर्थात् कार्तिक १९ देखि २२ […]

सकियो ग्रामीण फिल्म महोत्सव

गोरखाको दुर्गम मानिने लाप्राकमा तीन दिने नेपाल ग्रामीण फिल्म महोत्सव सम्पन्न भएको छ।सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका+४ लाप्राकमा सम्पन्न महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, छोटा फिल्म र फिचर फिल्मसमेत गरी १६ फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए। महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरिएको छ। […]

लाप्राकमा ग्रामीण फिल्म महोत्सव शुरू

गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा सेलिब्रेटी नेपालको आयोजनामा मंगलबार नेपाल ग्रामीण फिल्म महोत्सव शुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुध्रले लाप्राकमा महोत्सव गरिएको खुसी व्यक्त गर्दै यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे। स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा सम्पन्न शुभारम्भ समारोहमा राज सागरको समूहले नेपाली फिल्मका गीतमा प्रस्तुति दिएका थिए […]

अन्तर्राष्ट्रिय फिल्म महोत्सव काठमाडौँमा सुरु

काठमाडौँ – नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) को पाँचौ संस्करण काठमाडौँस्थित राष्ट्रिय सभागृह र र पर्यटन बोर्डमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने महोत्सवको चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, युरोपेली युनियनकी राजदूत नोना डेप्रेज र काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्तरुपमा बिहीबार उद्घाटन गरेका हुन्। उनीहरूले फिल्मी शैलीमा क्यामरा, रोलिङ, एक्सन भन्दै शुभारम्भ गरेका […]

माघमा ग्रामीण फिल्म महोत्सव

पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने भन्दै नेपाल ग्रामीण फिल्म महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीनदिने फिल्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका छोटा स्वदेशी फिल्म, डकुमेन्ट्री र फिचर फिल्म सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने […]

पर्वतमा धौलागिरी फिल्म महोत्सव हुने

पर्वत, (नेस) । धौलागिरिमा फिल्म पर्यटनको विकास गर्ने उद्देश्यले साविकको धौलागिरि अञ्चलमा नै पहिलोपटक फिल्म महोत्सव आयोजना गरिने भएको छ। धौलागिरिका युवाहरूले स्थापना गरेको अहुरी इन्टरटेन्मेन्टले भोलि बुधबारदेखि पुस १० गतेसम्म पर्वतको कुस्मामा चारदिने प्रथम धौलागिरी चलचित्र महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवमा धौलागिरि क्षेत्रमै छायांकन भएका सानो तथा ठूलो पर्दाका गरी ३० भन्दा धेरै […]