माघमा ग्रामीण फिल्म महोत्सव

पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने भन्दै नेपाल ग्रामीण फिल्म महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीनदिने फिल्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका छोटा स्वदेशी फिल्म, डकुमेन्ट्री र फिचर फिल्म सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने […]

सम्बन्धित सामग्री

सकियो ग्रामीण फिल्म महोत्सव

गोरखाको दुर्गम मानिने लाप्राकमा तीन दिने नेपाल ग्रामीण फिल्म महोत्सव सम्पन्न भएको छ।सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका+४ लाप्राकमा सम्पन्न महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, छोटा फिल्म र फिचर फिल्मसमेत गरी १६ फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए। महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरिएको छ। […]

लाप्राकमा ग्रामीण फिल्म महोत्सव शुरू

गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा सेलिब्रेटी नेपालको आयोजनामा मंगलबार नेपाल ग्रामीण फिल्म महोत्सव शुरु भएको छ। कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुध्रले लाप्राकमा महोत्सव गरिएको खुसी व्यक्त गर्दै यसले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे। स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा सम्पन्न शुभारम्भ समारोहमा राज सागरको समूहले नेपाली फिल्मका गीतमा प्रस्तुति दिएका थिए […]

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

काठमाडौँ– गोरखाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले गाउँमा फिल्म महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । […]