‘एप्रोच’ सडक नबन्दा पुल प्रयोगविहीन

पुल निर्माण भएको झन्डै साढे ४ वर्ष बित्दा पनि ठोरीस्थित ठुटे खोलामा एप्रोच सडक निर्माण हुन सकेको छैन । एप्रोच सडक नहुँदा वीरगन्ज–ठोरी हुलाकी सडक खण्ड भएर जाने सवारीसाधन अझै डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्य छ ।

सम्बन्धित सामग्री

गुल्मीमा १४ करोड खर्चेर बनाएको पक्की पुल प्रयोगविहीन

२१ साउन, गुल्मी । गुल्मीको सत्यवती र छत्रकोट गाउँपालिका जोड्ने बडीगाड खोलाको पक्की पुल प्रयोगविहीन भएको छ । सत्यवती गाउँपालिकाको चोरकाटेबाट छत्रकोट गाउँपालिकाबाट हुँगा जोड्ने पक्की पुल तयार भएको सडक राम्रो नभएकाले प्रयोगमा आउन नसकेको हो …

पुल नबन्दा सडक बेकामे

बरुण नदीमा पुल नबन्दा भोटखोला–२ च्याम्ताङसम्मको सडक प्रयोगविहीन बनेको छ । खाँदबारी किमाथांका सडकसमेत बेकामे भएका छन् । यो सडक खण्ड राष्ट्रिय गौरवको योजनामा पर्छ ।

सडक पुगेपछि झोलुंगे पुल प्रयोगविहीन

रुकुम- नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुंगे पुल प्रयोगविहीन बन्न थालेका छन् । कुनैबेला एक ठाउँबाट अर्कोठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाइएका झोलुंगे पुल प्रयोगविहीन बन्न लागेका हुन् ।पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरेबल पुल निर्माण भएसँंगै जिल्लाका विभिन्न क्षेत्रमा बनाइएका झोलुंगे पुल अहिले […]

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच रस्साकसी : बेलीब्रिज स्थानान्तरणमा समस्या

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलामा पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन भएका छन् । जनप्रतिनिधि माझ आफ्नो भूगोलमा बेलीब्रिज लैजान भएको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाइ भएको छ । कतै पुल प्रयोगविहीन हुने र कतै पुल नभएर जोखिमपूर्ण यात्रा गर्न तथा यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट, रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङ र

बेनी–जोमसोम सडकका ४ ओटा बेलिब्रिज प्रयोगविहीन

कात्तिक २३, म्याग्दी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकमा चार ओटा बेलिब्रिज प्रयोगविहीन भएका छन् । अर्कोतर्फ सडकको विभिन्न ठाउँका खोलामा पुल नहुँदा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवतजावत् प्रभावित बनेको छ ।  स्थायी पक्की पुल निर्माण भएपछि अस्थायी रुपमा सवारीसाधन आवतजावत गराउन बनाइएको बेलिब्रिज प्रयोगविहीन बनेका हुन् । दुई ओटा बेलिब्रिज प्रयोगविहीन बनिसकेको बेनी–जोमसोम सडकका थप दुई ओटा बेलिब्रिज पनि विस्थापित हुने अवस्थामा रहेका बेनी–जोमसोम–कोरला सडक आयोजनाले जानकारी दिएको छ ।  आयोजना प्रमुख जगत प्रजापतिले म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ महभिर र मुस्ताङको थासाङ गाउँपालिकाको लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलिब्रिज प्रयोगविहीन बनेको बताए ।  ‘अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा पर्ने पाखेरेबगरस्थित कालीगण्डकी र बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित राहुघाट नदीमा पनि पक्की पुल निर्माणको अन्तिम चरणमा छ’, उनले भने, ‘लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न ठेक्का सम्झौतामा उल्लेख भए पनि अन्य पुल स्थानान्तरणका लागि नीतिगत निर्णयको आवश्यकता छ ।’ विसं २०६३ मा मार्ग खुलेको ७६ किलोमिटर दूरीको मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा पक्की पुल निर्माण नहुँदासम्मका लागि नेपाली सेनाले बेलिब्रिज बनाएको थियो । रघुगंगा गाउँपालिका–१ बेगखोलाको बेलिब्रिज बाढीले बढाएको थियो । अन्य ठाउँका बेलिब्रिज सामान्य मर्मत गरेर स्थानान्तरण गर्न सकिने अवस्थाका छन् ।  बेगखोला, रुप्सेखोलालगायतका ठाउँमा पुल नहुँदा बर्खा याममा बाढी आउदा बेनी–जोमसोम सडकमा सिधा आवतजावत प्रभावित हुने गरेको छ । लेतेखोलाको बेलिब्रिज स्थानान्तरण गर्न पक्की पुल निर्माणको ठेक्का सम्झौतामा उल्लेख भए पनि स्थानान्तरण गर्ने ठाउँ तय नहुँदा अलमल भएको आयोजना प्रमुख प्रजापतिले बताए ।  सोमवार भएको जिल्ला समन्वय समिति म्याग्दीको छैठांै जिल्ला सभाले प्रयोगविहीन बेलिब्रिज स्थानान्तरणका विषयमा छलफल भए पनि ठोस् निर्णय हुन सकेन् । सम्बद्ध निकाय र बेलिब्रिज बनाएको नेपाली सेनासँग परामर्श गरेर बेलिब्रिज स्थानान्तरण गर्ने ठाउँ छनोट गरेर सिफारिस गर्ने जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।  बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत निर्माणाधीन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेवेल पुल अलपत्र बनेका छन् ।  आयोजनाका इञ्जिनीयर आश्वीनीकुमार यादवले निर्माणको क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएपछि डिजाइन परिवर्तन गरेर दूरी बढाएर नयाँ प्रक्रियाबाट बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।  ‘४० मिटर लम्बाइ भएको रुप्से खोलाको पुलको दुईतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान गर्ने अवस्थामा रहेको ८५ प्रतिशत प्रगति भएको खहरेखोलाको पुलको जगनै खलबलाउने गरी बाढीले बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ’, उनले भने ‘भूगोल र प्राकृतिक विपद्का कारण डिजाइन संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरु गर्नुपर्ने भएको हो ।’ रासस

पहिरोले पहुँचमार्ग बगाएपछि मोटरेबल पुल प्रयोगविहीन

जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । पहुँचमार्ग पहिरोले बगाएपछि दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको हो ।शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयबासी लोकबहादुर पुर्जाले बताए । “पहिरोले सडक बगाएपछि आलुलगायत कृषिउपज निकासी, खाद्यान्न र निर्माण सामग्री आयात ठप्प भएको छ,” […]

मोटरेबल पुल प्रयोगविहीन

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ ।

ओखलढुङ्गामा प्रयोगविहीन बन्दै झोलुङ्गे पुल

ग्रामीण भूगोलमा सडक निर्माण भएसँगै झोलुङ्गे पुलहरू प्रयोगविहीन भएका छन् । गाउँगाउँमा सडक निर्माण भएसँगै खहरेखोला तथा नदीहरूमा पक्की पुल निर्माण हुन थालेपछि यस्ता पुलहरू प्रयोगविहीन भएका हुन् । जिल्लाका हरेक वडा तहहरूमा सडक निर्माण भएपछि ओखलढुङ्गाका झोलुङ्गे पुल प्रयोगविहीन बन्दैगएका छन् । प्रायः सबै खोला तथा खहरेहरूमा यस्ता पुल निर्माण भएको भए पनि सडक खनिएपछि बाटो सहज र छोटो भएकाले आफूहरूले झोलुङ्गे पुलको बाटो नै प्रगोय गर्न छाडेको लिखु-७ की पार्वती लुइँटेल थापाले बताउनुभयो । राज्यले करोडाैँ लगानी गरेर निर्माण गरेका यस्ता पुलहरू सडक सञ्जालले हरेक गाउँलाई छोएपछि मर्मत तथा स्याहारसमेत हुन छाडेका छन् ।

सडक बन्यो पुल बनेन, झोलुंगे पुल पनि जीर्ण

तेह्रथुम : पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भइहेको छ। निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीहरूमा मोटरेवल पुल भने निर्माण भएको छैन। कतिपय ठाउँमा निर्माण कार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छोडिएको पाइन्छ। सडक बन्यो। तर पुल नबन्दा सडक प्रयोगविहीन अवस्थामा छन्। ...

पुल नबन्दा सडक प्रयोगविहीन

सडक निर्माण सम्पन्न भए पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन । खार्पुनाथ गाउँपालिका– ४ को वडा कार्यालय जोड्ने कच्ची सडक निर्माण भए पनि कर्णाली नदीमा पुल निर्माण नभएको कारण यातायातका साधन सञ्चालनमा आउन नसकेका हुन ।