गुल्मीमा चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने भएको छ । आउँदो चैत्र २५ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ संचालन हुने आयोजक संस्था उद्योग वाणिज्य संघले जनाएको हो ।‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास : शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने मूल नाराका साथ चोथौँ गुल्मी महोत्सव हुन लागेको उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद