मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सिरहाको नरहा गाउँपालिका-३ चोहर्वास्थित सडकबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी कञ्चनरुप नगरपालिका-११ बेङगरी बस्ने २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नगरपालिका-१ बाखैर बस्ने ३५ वर्षीया उषा देवी मलाह रहेका छन् । उक्त स्थानमा २ जना किशोरीलाई भारततर्फ बेचबिखनको लागि लैजान लागेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले पीडितहरुला...