देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै नेपाल विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको छ ।
वर्षायाममा कतिपय समयमा विद्युत् खेर जाने अवस्था आएपनि हिउँदमा भने मुलुक अझै आत्मनिर्भर बनिसकेको अवस्था छैन ।
शिलान्यासको एक दशकपछि निर्माण सकिएर प्रसारण लाइनमा जोडिएको यस आयोजनाको नेपाली अर्थतन्त्रमा विशेष महत्त्व छ ।
माथिल्लो तामाकोशी सञ्चालनमा आएसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतसँगको विद्युत् व्यापारका लागि दौडधूप गरिरहेका छन् । ...