शाैर्य सिमेन्टले व्यवसायिक उत्पादन थालेको छोटो अवधिमा (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न गरेको छ । गत जेठदेखि उद्योगले व्यवसायिक उत्पादन थालेको थियो ।उत्पादन थालेदेखि नै जटिल परिस्थितिमा पनि निर्माण क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ । कम्पनीले हाल बजारमा शाैर्य ओपीसी -५३ ग्रेड, शाैर्य ओपीसी- ४३ ग्रेड र पीएसपी सिमेन्ट उपलब्ध गराएको छ ।निकट भविष्यमै लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीको जनाएको छ ।