विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ । विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखौँ पर्यटक आउने गर्छन् ।सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १ गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्