कर्मचारीलाई तालिम नहुँदा रेल सञ्‍चालन भएन

काठमाडौं। रेल सञ्‍चालनको लागि आवश्यक तालिम गर्न नसक्दा जनकपुर-जयनगर रेल चलाउन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ। "कोभिड-१९ को संक्रमणको कारण निरन्तर लकडाउन भएकाले कर्मचारीलाई तालिम दिन सकेका छैनौं। भारतबाट प्राशिक्षक बोलाएर तालिम सुरु गर्ने वित्तिकै लकडाउन भयो। २० दिनको तालिम हुने दिइएपछि रेल सञ्‍चालन गर्न सकिने छ," मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भने।

सम्बन्धित सामग्री

रेलवे कर्मचारीलाई तालिम सुरु

लामो समयपछि जयनगर–कुर्था रुटमा रेल सञ्चालन गर्ने तयारीमा रहेको नेपाल रेलवे कम्पनीले कर्मचारी भर्ना गर्दै प्राविधिक तालिम दिन थालेको छ । जनकपुरमा बुधबारदेखि सुरु भएको तालिमलाई भने रेलवेका पूर्वकर्मचारीले भाँड्न खोजेका थिए । नेपाल रेलवे कम्पनीले झन्डै ८० लाख खर्चेर तालिम दिएका यसअघिका कर्मचारीको विरोधबीच तालिम दिन थालिएको हो ।

रेल सञ्चालनका लागि ज्यालादारी कर्मचारीलाई तालिम, पूर्व कर्मचारीले गरे विरोध

नेपाल रेल्वे कम्पनी लिमिटेडले करारमा भर्ना गरिएका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई ज्यालादारीमा भर्ती गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालेको छ । तत्कालीन महाप्रबन्धक गुरुप्रसाद भट्टराईले करारमा भर्ना गरेका कर्मचारीलाई यस्तो तालिम दिलाइसकेका थिए । तालिम प्राप्त कर्मचारीलाई हटाएर ज्यालादारी रुपमा ५५ जनालाई नियुक्त गरी रेल सञ्चालनसम्बन्धी तालिम दिन थालिएको भन्दै विगतमा तालिम लिएका करारका कर्मचारीहरुले विरोध गरेका हुन् ।कानुनी तथा प्राविधिक कारण देखाउँदै जयनगर–कुर्थाखण्डमा अवैधानिकरुपमा कर

सोमबारदेखि रेलवे कम्पनीका ६० कर्मचारीलाई तालिम

जनकपुरधाम । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले ६० कर्मचारीलाई सोमबार (भोलि)देखि तालिम दिइने बताएका छन् । कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले नियुक्त गरेका १५० जनाको नियुक्ति खारेज गरी ६० कर्मचारी नियुक्त गरिएको छ । जसमा २६ भारतीय र ३४ नेपाली छन् । रेल सञ्चालनका लागि उनीहरूलाई तालिम दिन लागिएको हो ।...