उच्च अंकले सेयर बजार उकालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएपछि नेप्से परिसूचक पछिल्लो २७ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से झन्डै ६० अंकले बढ्दा २ हजार ४ सय २४.३२ बिन्दुमा पुग्यो । यसअघि ०७८ चैत अन्तिम साता नेप्से २ हजार ४ सय २० नजिक थियो । त्यसयता निरन्तर घटेर १ हजार ८ सय हाराहारीमा झरेको नेप्से फेरि उकालो लागिरहेको छ ।