नेपालगञ्ज – बाँकेमा असोज पहिलो सातादेखि वडाबाटै राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलन हुने भएको छ। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले मंगलबार नेपालगञ्जमाआयोजना गरेको राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता अभियानसम्बन्धी अन्तर्क्रिया तथा समन्वय बैठकमा उक्त कुरा बताइएको हो। विभागका महानिर्देशक तिर्थराज भट्टराईले एउटा वडामा दुई वटा स्टेशन राखेर विवरण संकलन गर्ने जानकारी दिए। […]