काठमाडौं। कर्णाली सरकारले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न ९८ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ। प्रदेश सरकारले महामारीको नियन्त्रण र उपचार गर्न आज बजेट निकासा गरेको सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए। यसअघि कर्णाली सरकारले यही शीर्षकमा ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो।