कर्णाली प्रदेशमा आइतबार मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गत कार्तिक १६ मा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले केन्द्रीय गठबन्धनको निर्देशनमा लामो समयपछि मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् । नेकपा एकीकृत समाजवादीले भने यसमा असहमति जनाइरहेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबाट सिफारिस गरिएका चार जनाले भने आइतबार साँझसम्म मन्त्रीको शपथ लिने स्रोतको जानकारी दिएको छ । नेपाली काँग्रेसबाट सुर्खेतका यज्ञबहादुर बिसी र दैलेखका हिमबहादुर शाही मन्त्री बन्दै छन् । बिसी यसअघि एक कार्य