प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथलगत्तै मन्त्रिपरिषद् विस्तार भएको छ ।
राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रपतिसँग शपथ लिए ।
प्रधानमन्त्री ओलीले यसअघिको मन्त्रिपरिषद्कै सदस्यलाई निरन्तरता दिएका छन् । मन्त्रीहरूले शितलनिवासमा शपथ लिएका छन् ।
संविधानको धारा ७६(३) अनुसार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई बिहीवार प्रधानमन्त्री नियुक्त गरेक...