प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत सरकारले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा सहभागी हुन दुई मन्त्रीको नाम टुंगो लगाएसँगै राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।एकीकृत समाजवादीबाट संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादव पार्टीको तर्फबाट सरकारमा सहभागी हुने निर्णय भएको प्रदेश इन्चार्ज धर्मनाथ साहले पुष्टि गरे । उनीहरुलाई मन्त्रीमा नियुक्ति गरेर आइतबार दिउँसो शपथ गराउने तयारी भएको छ । मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकार