‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्याउने यथार्थ व्याख्या गरेका थिए ।
यसलाई उल्टो रूपमा सोचौं, सुविधाहीन घर भएकाहरूको स्वास्थ्य अवस्था कमजोर हुन्छ । कमजोर स्वास्थ्य अवस्थाले कमाउन सक्ने क्षमता कमजोर बनाउँछ र न्यून आम्दानी हुन्छ । र, व्यक्ति गरीबीको दुष्चक्रमा रुमलिइरहन्छ । यस दुष्चक्रबाट छुटकारा पाउन गहकिलो प्रयास चाहिन्छ ।
क्षमता, आम्दानी, स्वास्थ्य अवस्था र आवास सुविधाजस्ता विषय निरपेक्ष नभै एकअर्कामा ज...