सरकारले चालू आवको बजेटको करीब १० प्रतिशत अर्थात् रू.३ अर्ब २९ करोड गरीबी निवारणसम्बन्धी कार्यक्रमहरूका लागि छुट्याएको छ । यस वर्षको कुल बजेट ३ खर्ब ३७ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । गरीबी निवारणका लागि छट्याइएको रकममध्ये रू.३ अर्ब ४ करोड गरीबी निवारण कोषमार्फत गरीबीको रेखामुनि रहेका महिला, दलित, मधेशी, जनजाति तथा पिछडिएका वर्गलाई लक्षित गरी छुट्याइएको हो । यस रकमबाट सामाजिक परिचालन, आयआर्जन, स्वरोजगारी सिर्जना, साना सामुदायिक पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सिर्जनशील कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।
६, अंक ६३ सोमवार, ६ मंसिर, २०६७