ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

ओखलढुंगा – ओखलढुंगाकाे लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार कार्की विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार मिलनकुमार विष्टलाई २८४ मतान्तरले पछि पार्दै जित हात पार्नुभएको हो ।   एमालेको गढका रुपमा रहेको लिखुमा यस पटक कांग्रेसले वहुमतसहित प्रमुखमा बाजी मारेको छ । कार्कीले तीन हजार सात सय ७६ मत ल्याउँदा एमालेका विष्टले तीन हजार चार सय ९२ मत पाउनुभयो । यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी अस्मिता थापा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याएर विजयी हुनुभएको छ । थापाले चार ...

सम्बन्धित सामग्री

रामेछापको लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

रामेछाप – रामेछापको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत र उपाध्यक्षमा नेकपा एमालेका दीपा पाख्रिन विजयी हुनुभएको छ ।  अध्यक्षमा महत पाँच हजार एक सय १२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल कडेरियाले चार हजार आठ मत प्राप्त गर्नुभयो ।  यस्तै उपाध्यक्षमा पाख्रिन चार हजार एक सय २६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी सरस्वती गुरुङले तीन हजार नौ सय ३३ मत प्राप्त गर्नुभयो ।