माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पद मुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरु पद मुक्त भएका छन् । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । […]