ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् । राणा यतिबेला घरदैलोमा व्यस्त छन् । घरदैलोकै क्रममा राणासँग गरिएको संक्षिप्त कुराकानी :अहिले चुनावी मैदानमा कुन कुन मुद्दा लिएर लिएर जनतामा जानु भएको छ ? मैले उठाएक