एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत खाता योजना’ अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । ती ग्राहकको दुर्घटनामा परी मृत्यु भएकाले १० लाखका दरले परिवारलाई जम्मा ३० लाख रुपैयाँ भुक्तानी गरेको हो । बीमा लाभ प्राप्त गर्नेमा त्रिपुरेश्वर शाखामा खाता खोलेका शिव प्रसाद सुवेदी, ग्वार्को शाखामा खाता खोलेका टंक प्रसाद घिमिरे र साँफेबगर शाखामा खाता खोलेका ज्ञान बहादुर चौधरीको मृत्यु भएपछि परिवारलाई रकम हस्तान्तरण गर