जनकपुरधाम : मिथिलाञ्चलमा अहिले प्रत्येक साँझ मन्दिरमा झुला उत्सव (झुल्नोत्सव)को रौनकता सहजै देख्न सकिन्छ। जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजन कीर्तन गरी झुला उत्सव मनाइने गरिन्छ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मावलम्बीहरु मठमन्दिरमा झुला उत्सव धुमधामका साथ मनाइरहेका छन्। मिथालाञ्चल क्षेत्र, भारतको बिहार राज्य, जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, मटिहानीको लक्ष्मीनारायण…