गभर्नर बर्खास्तीको माग गर्दै आज कार्टुन प्रदर्शन हुदै

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले आज बिहिबार कार्टुन प्रदर्शन गर्दै छन् । गभर्नर विरुद्द आन्दोलन गरिरहेका तीन विद्यार्थी संगठनहरु नेपाली कांग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी)  र नेकपा एकिकृत समाजवादीको अनेरास्ववियूले पूर्व निर्धारित कार्यकम अनुसार आज कार्टुन प्रदर्शन गर्न लागेका हुन् ।विद्युअर्थी संगठनहरुले आज दिउँसो ३ बजे माइतीघर मण्डलामा  कार्टुन प्रदर्शन गर्न लागेका हुन्  । उनीहरुले यस अघि हिजो बुधबार राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राखेर विरोध प्रदर्शन गरेका थिए  । साउन  ६ गते शुक्रबार देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम गर्ने तय भएको छ । त्यस्तै  साउन ७ गते संघीय सांसदहरुलाई  गभर्नर बर्खास्तीको माग गर्दै आवाज संसद्‍मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।नेकपा एमालेले सार्वजनिक गरेको आफ्नो अर्थ तथा योजना विभाग सदस्यमा एम अधिकारीको नाम उल्लेख भएको र ति व्यक्ति गभर्नर नै भएकोले  विद्यार्थी संगठनहरुले उनको राजीनामा वा बर्खास्तीको माग गर्दै आन्दोलन थालेका हुन् । यद्यपि उनी स्वयंले भने आफु एम अधिअकरी नभएको र एमालेको विभागको सदस्य नरहेको बताएका छन् भने एमालेले पनि एम अधिकारी भन्ने व्यक्ति गभर्नर नभएको प्रष्टीकरण दिएको छ।  

सम्बन्धित सामग्री

भन्सार नियमावली सच्याउन माग गर्दै आजपाले आज बिभागमा धर्ना दिने

काठमाडौं,२१ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार विभागमा धर्ना दिने भएको छ । आजपाले आज भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार दिने प्रावधान हटाउन माग गर्दै धर्ना दिन लागेको हो । आजपाले भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७,४८ र ४९लाई सच्याउन माग गर्दै निरन्तर संघर्षका […]

मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी

चुनावको मतगणना पश्चात् मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसी आजका लागि तोकिएको हो । निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रम

साउन १५ : दूधको माग उच्च

आज साउन १५ गते खीर खाने परम्पराका कारण मुलुकभर दूधको उच्च माग भएको छ । आज करिब ५० लाख लिटर दूध खपत भएको छ । मुलुकमा दूधको उत्पादनअनुसार माग धेरै भएको अवस्थामा आज झन् धेरै माग भएको हो ।नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार साउन १५ गते खीर खाने दिनका लागि बजारको मागअनुसार पुर्याउनका लागि दुग्ध उद्योगहरुलाई धेरै गाह्रो भएको थियो । उनले अन्य दुग्ध पदार्थ उत्पादन नगरी आजको दिन दूधको माग धान्नुपर्ने बाध्यता रहेको बताए ।एसोसिएशनले साउन १५ मा ‘खीर खाऔँ, आफ्नो परम्परा जोगाऔँ’

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन (फोटोफिचर)

एमसीसी सम्झौता खारेज गर्न माग गर्दै आज पनि विरोध प्रदर्शन भएको छ । एमसीसी खारेज संयुक्त अभियानले राजधानीमा विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले एमसीसी सम्झौता खारेज गरौं, साम्राज्यवादी हस्तक्षेपको प्रतिरोध गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

२०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज माइतीघरमा प्रदर्शन गरिने

नेपालमा २०४७ को संविधान पुनर्स्थापनाको माग गर्दै आज दिउँसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

मृगौला प्रत्यारोपण निःशुल्क गर्न माग गरिएको मुद्धामाथि आज सुनुवाई हुँदै

मृगौला प्रत्यारोपणलाई पूर्ण निःशुल्क गराउन माग गर्दै परेको रिटमाथि आज सुनुवाई हुने भएको छ । अधिवक्ता किर्तिनाथ शर्मा पौडेलल सरकारले मृगौला प्रत्यारोपणको नाममा अझै शुल्क लिने गरेकोमा  पूर्ण रुपमा निःशुल्क गराउन...

न्यौपाने र पन्थीले सांसदमा पुनर्बहालीको माग गर्दै दिएको रिट आज हेर्न नभ्याइनेमा

माओवादी केन्द्रको कारबाहीका आधारमा पदमुक्त भएका लुम्बिनी प्रदेशसभाका दुई जना सांसदले पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।

नागरिकता अध्यादेश खारेजीको माग गर्दै परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं। सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संसोधन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ। अधिवक्ता तथा पत्रकार विष्णुकुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले नागरिकता (पहिलो संसोधन) अध्यादेश२०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।