नागरिकता अध्यादेश खारेजीको माग गर्दै परेको रिटमा आज सुनुवाई हुँदै

काठमाडौं। सरकारले अध्यादेशमार्फत ल्याएको नागरिकता ऐन संसोधन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाई हुँदैछ। अधिवक्ता तथा पत्रकार विष्णुकुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले नागरिकता (पहिलो संसोधन) अध्यादेश२०७८ खारेजीको माग गर्दै रिट निवेदन दर्ता गराएका थिए। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।