नयाँ वर्षले समृद्ध नेपाल निर्माणको अभियानमा थप उत्साह दिने विश्वास छः मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७८ ले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको उल्लेख गरेका छन् ।

सम्बन्धित सामग्री

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल प्रदेश ३

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताउनुभएको छ । नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने उल्लेख गर्नुभयो ।           उहाँले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताउनुभयो ।          यस्तै उहाँले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिनुभयो ।

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भयोः  मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन् । नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण...