समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताउनुभएको छ । नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उहाँले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको अभियानलाई नयाँ उचाइका साथ अगाडि बढाइने उल्लेख गर्नुभयो ।           उहाँले गत निर्वाचनमा जनताले व्यापक जनसमर्थनसहित कम्युनिष्ट पार्टीलाई शासन सत्ताको नेतृत्व सुम्पिएको उल्लेख गर्दै सरकारले जनचाहना अनुरुप नै रेलदेखि पाइलाइनबाट तेल ल्याउनेसम्मको काम गरेको बताउनुभयो ।          यस्तै उहाँले कालापानी लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउने, सगरमाथाको उचाइ मापन गर्ने, व्यक्तिले हडपेका सार्वजनिक जमीन फिर्ता ल्याउनेदेखि देशलाई सुरुङ मार्गको युगमा प्रवेश गराउने, भत्किएको धरहरा ठड्याएर नेपाली स्वाभिमान उठाउने, अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणदेखि ठूला विकास आयोजनाको द्रुततर विकास, गाउँगाउँमा सडक, यातायात, प्राविधिक शिक्षालयको व्यवस्था, आधारभूत अस्पतालको व्यवस्थालगायत समृद्धिका लागि भएका प्रयास भुल्न नहुनेमा जोड दिनुभयो ।

सम्बन्धित सामग्री

आफ्नै पार्टीभित्र आन्तरिक समस्या भएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् । हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा आज उनले केपी ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको बताए ।मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई काम गर्न नदिने खेल शुरु भइसकेको उल्लेख गर्दै सरकारलाई अस्थीर बनाएर विकासका गतिविधि रोक्ने खेल प्रतिपक्षभन्दा पनि आफ्नै दलका नेताले  शुरु गरेको बताए ।पौडेलले आफूलाई हटाउन आफ्नै जिल्ला र दलका व्यक्ति

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको छ : मुख्यमन्त्री पौडेल प्रदेश ३

समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भयोः  मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानमा अवरोध उत्पन्न भएको बताएका छन् । नेकपा मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको मोर्चा सङ्गठनहरुको वृहत भेलालाई सम्बोधन गर्दै उनले जनताको बहुदलीय जनवादको आलोकमा पुनः राष्ट्रियता, जनजीविका, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण...

योजना छनोटसम्बन्धी विधि तयार नहुँदा समस्या : मुख्यमन्त्री पौडेल

काठमाण्डाै – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले योजना छनोटसम्बन्धी उपयुक्त विधि तयार नहुँदा विकास निर्माणका काममा समस्या उत्पन्न भएको बताउनुभएको छ । वाग्मती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा तथा प्रदेश विकास समस्या समाधान समितिको बैठकमा मुख्यमन्त्री पौडेलले परम्परागत म...