शहीदको बलिदान कसैका लागि भने सत्ता प्राप्त गर्ने भर्‍याङ बन्यो : मुख्यमन्त्री पौडेल

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो निर्वाचनबाट प्राप्त राजनीतिक स्थिरताको सन्देशसहित तीनै तहको सरकार ‘समृद्ध नेपाल–सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न क्रियाशील भइरहेको बताउँदै देश समृद्धिको मूल एजेण्डाबाट राजनीतिक मुद्धाको उल्झनमा आइपुगेको बताएका छन्। ‘यसले कहींकतै हामी शहीदका आदर्श र उनीहरुले देखाएको बाटोबाट विचलित त भइरहेका छैनौं…

सम्बन्धित सामग्री

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल

सिन्धुली, २० साउन : जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । आज सिन्धुलीगढी पुग्नुभएका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन्। सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उनले युद्ध सङ्ग्राहलयको निर्माणले जिल्लाको विकासमा टेवा पु¥याउने बताए । ऐतिहासिक महत्व बोकेका स्थलको संरक्षण र प्रचारप्रसार गर्न सके […]

मुख्यमन्त्री पौडेल र दुई मन्त्रीबीच कार्यसम्पादन करार

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका दुई मन्त्रीसँग आर्थिक वर्ष २०७८/७९ का लागि कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री पौडेलले आज आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।कार्यसम्पादन करार सम्झौता आदानप्रदान गर्दै मुख्यमन्त्री पौडेलले सम्झौताअनुसार कार्य गर्न मन्त्रीलाई अनुरोध गरे । पौडेलले प्रदेश सरकारको अघिल्लो वर्ष कार्यसम्पाद

भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भ्रातृत्व भावनाले नै यो देशलाई जोडेको बताएका छन् । आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ‘बकर इद’ का अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरे ।“नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक देश हो । विविधताभित्र पनि एकता, सहिष्ण

स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणमा लागेका छौँ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार स्पष्ट दृष्टिकोणका साथ विकास निर्माणका काममा लागेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकामा वाग्मती प्रदेश र गाउँपालिकाको संयुक्त लगानीमा निर्मित पुल उद्घाटनका अवसरमा उनले प्रदेश सरकार स्थापनापछि ४६ वटा पुल उद्घाटन गरिएको र थप १२ वटा पुल केही दिनमा उद्घाटन हुने जानकारी दिए । मुख्यमन्त्री पौडेलले विरोधीले […]

नरोत्तम वैद्यमा दम्भ देखियो : मुख्यमन्त्री पौडेल

हेटौंडा :  बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा सदस्य नरोत्तम वैद्यमा दम्भ देखिएको बताएका छन्।शनिबार बसेको संसद् बैठकमा नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री पौडेलले सांसद वैद्यमा दम्भ देखिएको बताएका हुन्। उनले वैद्यले प्रधानमन्त्री ओलीविरुद्व दिएको अभिव्यक्ति फिर्ता लिएको भए पनि आफ्नो गल्ती भने महशुस नगरेको बताए।‘उहाँले माफी त माग्नुभयो। तर, आफ्नो गल्ती भयो मैले गलत बोलेँ भन्नुभन्दा पनि पार्टीले निर्देशन दियो त्यसैले अभिव्यक्ति फिर्ता लि

विकास देख्न नचाहनेले विरोध गर्दै हिँडे : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास देख्न नचाहनेहरु सरकारको विरोधमा उत्रिएको आरोप लगाएका छन् ।हेटौंडा उपमहानगरपालिका १३ र १४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले विकास विरोधीहरु नै सरकारको विरोधमा हिँडेको बताएका हुन् ।सरकारको कामलाई आफ्नै आसपासमा रहेकाहरुले नदेखेजस्तो गरेको उनको भनाइ थियो । उनले बागमती प्रदेश सरकारले विकास निर्माणका कामलाई प्राथमिकता दिँदै आएको दावीसमेत गरे ।मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्

अति प्रतिकूलताका बीच पनि काम भएको छ : मुख्यमन्त्री पौडेल

मकवानपुर – वाग्मती प्रदेश सरकारले तेस्रो वर्ष पूरा गरेको छ । प्रदेश सरकारले तीन वर्षभरि गरेका कामको विवरण समेटिएको पुस्तकसमेत विमोचन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले पुस्तकको विमोचन गर्नुभयो ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।  कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको समयमा अत्यन्तै प्रतिकूलताका बीच पनि काम भएको बताउनुभएको छ ।  सरकारलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने काम धेरै भएको बताउँदै...

संविधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताएका छन् । आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको “देवास राई कृति सङ्गालो” नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गरे ।संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल कयौँ जातजाति तथा धर्म संस्कृति र परम्पराले सुसज्जित रहेको उनको भनाइ थियो ।  मुख्यमन्त्री पौड

आफ्नै पार्टीभित्र आन्तरिक समस्या भएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् । हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा आज उनले केपी ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको बताए ।मुख्यमन्त्री पौडेलले प्रदेश सरकारलाई काम गर्न नदिने खेल शुरु भइसकेको उल्लेख गर्दै सरकारलाई अस्थीर बनाएर विकासका गतिविधि रोक्ने खेल प्रतिपक्षभन्दा पनि आफ्नै दलका नेताले  शुरु गरेको बताए ।पौडेलले आफूलाई हटाउन आफ्नै जिल्ला र दलका व्यक्ति