काठमाण्डाै – सरकारले ओलम्पिक र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने भएको छ ।
आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटमा खेलाडीलाई आजीवन भत्ता दिने उल्लेख छ । बजेटमा भनिएको छ, ‘एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिकाे व्यवस्थापन गर्ने प्रबन्ध मिलाइनेछ ।’