ओलम्पिक, एसियाड र साग पदकधारीको पुरस्कार रकम बढ्यो

७ साउन, काठमाडौं । ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिएसँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न […]

सम्बन्धित सामग्री

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान, ७ हजार ११ अमेरिकी डलर सहयोग

एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो । च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत […]

एरिका र मन्देकाजी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद(एसियाड) की रजत पदक विजेता एरिका गुरुङ र दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी सम्मानित भएका छन् । बौचा मैचा पुच: ले एरिका र मन्देकाजीलाई शनिबार सम्मान गरेको हो। कराते खेलाडी एरिकाले चीनमा यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाडमा रजत पदक जितेकी‌ थिइन् । […] The post एरिका र मन्देकाजी सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाड पदक विजेता सविता र किशोर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […] The post एसियाड पदक विजेता सविता र किशोर सम्मानित first appeared on हाम्रो खेलकुद.

एसियाडमा २३ खेलका १ सय ६८ खेलाडीले भाग लिने!

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) को छ महिना अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कम्तीमा २३ खेलका १ सय ६८ खेलाडीको सहभागिता गराउने निश्चित गरेको छ ।१९ औं एसियाड चीन हान्जाउमा असोज ६ देखि २१ गते सम्म आयोजना हुनेछ । रणनीतिक (पदक जित्ने सम्भावना भएको) र आम सहभागिताका हिसाबले […]

सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु मृत अवस्थामा फेला

चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।

सागका दोहोरो स्वर्ण पदक विजेता मण्डेले एसियाड नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठले १९ औं एसियाली खेलकुद नखेल्ने भएका छन् । एसियाड सेप्टेम्बर १० देखि २५ सम्म चीनको हान्झाउमा हुँदैछ । एसियाली खेलकुदको प्रारम्भिक छनोटका रुपमा रहेको प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा भाग नलिएपछि उनले एसियाड खेल्ने छैनन् । […]