प्रतिनिधि सभा : विनियोजन विधेयक स्वीकृत

भदौ २९, काठमाडौं । प्रतिनिधि सभाको मंगलवारको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राखेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो ।             बैठक चलिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले अवरोध कायमै राखेका थिए । उक्त प्रस्तावलाई स्वीकृत गर्नुपूर्व बैठकमा विधेयकउपर सैद्धान्तिक छलफल भई उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । सैद्धान्तिक छलफलमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र भाग लिएका थिए ।  यसैबीच संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। एमाले सांसदहरुको नाराबाजीका बीच विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो।  बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। लगत्तै सभामुख सापकोटाले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए।

सम्बन्धित सामग्री

विनियोजन विधेयक बहुमतले स्वीकृत

काठमाडौं । विनियोजन विधेयक २०७९ स्वीकृत भएको छ । आजको प्रतिनिधि सभा बैठकमा विधेयक बहुमतले स्वीकृत भएको हो हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफलपछि बहुमतले स्वीकृत भएको हो ।

संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरू

प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो ।स्थानीय तहको निर्वाचनका कारणले संसदमा ढिलो गरी सुरू भएको छलफलमा हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस गरेका थिए । सोही विधेयकमाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरू गराएका हुन् ।

१५ दिनका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

दशैं बिदाका कारण प्रतिनिधि सभा १५ दिनका लागि स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।  भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।  माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिश सभामुखले कार्यान्वयन नगरेको भन्...

प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ– प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो। आज बसेको बैठकमा राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणिकरण भएको र राष्ट्रिय सभाबाट बजेट आश्रित विधेयक पारित भएको जानकारी गराइएको थियो। भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको […]

५ मिनेट बसेर बिहीवारसम्मका लागि स्थगित भयो प्रतिनिधि सभा बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेटसम्बन्धी कार्यसूची पूरा गरेर प्रतिनिधि सभा बैठक बिहीवारसम्मको लागि स्थगित भएको छ ।  सोमवार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले विनियोजन विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका थिए ।  यस्तै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे जानकारी गराएका थिए । योसँगै अध्यादेश बजेट विस्थापित गर्न सरकारले ल्याएको प्रतिस्थापन बजेट पारित गर्ने संसदीय प्रक्रिया पूर...

प्रतिनिधि सभाबाट बजेटसम्बन्धी सबै विधेयक पारित

सरकारले भदौ २५ गते संसदमा पेश गरेको पूरक बजेट प्रतिनिधि सभाबाट पारित भएको छ । विनियोजन विधेयक असोज ४ गते पारित भएकोमा बजेटका पूरक विधेयक बिहीवार पारित भएका हुन् ।  बिहीवार बसेको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो । प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।  पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट बजेट पारित भएको हो । यी विधेयक राष्ट्रिय सभाबाट...

एमालेको नाराबाजीका बीच अघि बढ्यो विनियोजन विधेयक पारितको प्रक्रिया

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद् सरकारले संसदमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले संसदको कारवाही अगाडि बढाएका हुन् । एमालेको नाराबाजी चलिरहेको समयमा सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राख्न समय दिए । सुवालले आफू बसेको स्थानबाटै विनियोजन विधेयकमा खर्च कटौती प्रस्ताव राखे । उनले स्वास्थ्य बीमाभन्दा पनि निःशुल्क स्वास्थ्य उपचारको माग गरे । खर्...

प्रतिनिधि सभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण नियमित रूपमा सञ्चालन हुन नसकेको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।  आजको बैठकमा ६ वटा सम्भावित कार्यसूची छन् । संसद् सचिवालयका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । सरकारले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।

एमाले सांसदले खोस्न लागेपछि प्रधानमन्त्रीले लुकाए आफ्नो माइक!

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोध बीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरेका छन्।