प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद् सरकारले संसदमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले संसदको कारवाही अगाडि बढाएका हुन् ।
एमालेको नाराबाजी चलिरहेको समयमा सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राख्न समय दिए । सुवालले आफू बसेको स्थानबाटै विनियोजन विधेयकमा खर्च कटौती प्रस्ताव राखे । उनले स्वास्थ्य बीमाभन्दा पनि निःशुल्क स्वास्थ्य उपचारको माग गरे ।
खर्...