जेठ १०, काठमाडौं । तीन ओटा अलग - अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, सेन्ट्रल फाइनान्स र समृद्धि फाइनान्सको शेयर सूचीकृत भएको हो । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको २ लाख ३० हजार ४८२ दशलमव ९० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले गत चैत ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी सेन्ट्रल फाइनान्सले ६ लाख ७८ हजार ३९७ दशमलव ४९५९ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
यसैगरी समृद्धि फाइनान्स कम्पनीको १९ लाख ५७ हजार ३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीले फागुन ८ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।
बोनस शेयर र हकप्रद शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।