दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका टिकाराम खड्काले २०४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८७ मत प्राप्त गरेका छन् । उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २०७ र गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानाले १३२ मत प्राप्त गरेका छन् ।