ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले आफ्नो अग्रता कामय राखेका छन् । ६ सय मत गनिसक्दा गठबन्धनबाट नेपाली काँग्रेसबाट उम्मेदवार रहेका महर्जनले ३२६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८१ मत ल्याएका हुन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विकास र वातावरणबीच सन्तुलन कायम राखी दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय, न्यायाधीश समाज नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा शनिबार ललितपुरमा आयोजित ‘वन्यजन्तु संरक्षण र वातावरणीय न्याय’ विषयक एकदिवसीय सम्मेलनमा उहाँले विकास निर्माणसँगै वातावरणीय सन्तुलन कायम राख्दै प्राकृतिक धरोहरलाई जोगाउन अपरिहार्य भएको उल्लेख गर्नुभयो । …
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने […]
काठमाडौं।तीन घण्टा लामो बयान सकेर निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बाहिरिएका छन्।ललितपुरमा दुई पाङ्ग्रे विद्युतीय सवारीबाट अबदेखी राती गस्ती गरिने भएको छ।सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ।पहिरो खसेर अवरुद्व भएको नागढुङ्गा–नौबिसे सडक खण्ड दुईतर्फी खुल्ला भएको छ र हाजिरीको विषयमा विवाद भएपछि एन्फाको बैठक पुन स्थगित भएको छ।
काठमाडौं : ललितपुर महानगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन्।७१ हजार ३२० मत गणना हुँदा महर्जनले ३२ हजार ५९७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १८ हजार ५८८ मत मत प्राप्त गरेका छन्। महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले १८ हजार ९१ मत प्राप्त गरेकी छिन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका बाबुराज बज्राचार्यले १२ हजार ५५० मत प्राप्त गरेका छन्। लल
ललितपुरः ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यको अग्रता कायम छ। पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १४ हजार २८५ र एमालेका हरिकृष्ण व्यञ्जनकारले सात हजार १२९ मत पाएका छन्।
उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले सात हजार ३७७ मत र नेकपा (माओवादी) का बाबुराजा…
काठमाडौँ – ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। ललितपुरमा १६ हजार ५२० मत गणना हुँदा महर्जनले ९ हजार २१६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४ हजार २९ मत पाएका छन्। यस्तै उपमेयरमा मञ्जली शाक्यले अग्रता कायम गरेकी छन्। उनले ४ हजार ४९७ मत पाउँदा बाबुराज […]
काठमाडौँ- मतगणनाको पछिल्लो परिणामअनुसार ललितपुर महानगरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ८५३४ मतसहित अग्रता कायम राखेका छन्। अहिलेसम्म गणना भएको १५३१६ मतमा चिरिबाबुले अग्रता कायम राखेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३७८५ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जली शाक्य वज्राचार्यले ४३३५ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा समाजवादीका […]
काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले दोब्बर भन्दाबढी मतले अग्रता कायम गरेका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका महर्जन निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्दा ४ हजार २४४ मतले अगाडि छन्। यसअघि पनि महानगरको मेयर भएर एक कार्यकाल पूरा गरिसकेका महर्जनले कुल १३ हजार ४२० मत गणना हुँदा ७ हजार ४९६ मत प्राप्त […]
३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । शनिबार सुरु भएको मत गणनामा ४०० मत गन्दा चिरिबाबुले २१९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ र नेकपा माओवादी केन्द्रका बाबुराज […]