आगामी निर्वाचन जित्न १४ औं महाधिवेशनको भूमिका महत्वपूर्ण : महत

काठमाडौं :  नेपाली कांग्रेसका सह-महामन्त्री डा प्रकाशशरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा तीनै तहमा नेपाली कांग्रेसलाई विजयी बनाउन १४ औं महाधिवेशनको ठूलो भूमिका रहने बताएका छन्।नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-४ र ५ को १४ औं वडा अधिवेशनको उद्घाटन गर्दै सह-महामन्त्री डा महतले नेपाली कांग्रेसको हालको लक्ष्य आगामी आम निर्वाचन जित्ने रहेकोले त्यस अनुरुपको संगठन निर्माणमा क्रियाशील सदस्यको ठूलो भूमिका रहने उल्लेख गरे। अलग-अलग आयोजित दुवै वडा अधिवेशनमा प्रमुख अतिथि रहेक