यमनमा साउदी नेतृत्वको गठबन्धनको आक्रमण, १७ जनाको मृत्यु

यमन– यमनमा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा दुई दिनभित्र बालबालिकासहित १७ जना सर्वसाधारणको मृत्यु भएको हुथी विद्रोही समूहले दाबी गरेको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको उल्लेख गरेको छ । मन्त्रालयले साउदी लडाकु विमानले आवासीय घर, बस्ती र बजारलाई निशाना बनाएको आरोपसमेत लगाएको छ । […]