८३ वर्षको उमेरमा पनि स्वास्थ्य स्वयंसेविकाका रूपमा सक्रिय कार्की (तस्बिरहरू)

काठमाडौं– उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सेवाभाव र सक्रियता घटेको छैन । स्वास्थ्य स्वयंसेविकाका रूपमा तीन दशकभन्दा लामो समय बिताएकी उनी अहिले पनि आफ्नो समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने र बालबालिकाको स्वास्थ्य सुरक्षाका अभियानमा सक्रिय छिन् । काठमाडौं महानगरपालिका वडा नम्बर १५, तुलसीधारा निवासी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेकी […]