लुलो रोज : एङ्गोलामा भेटियो अतिदुर्लभ गुलाबी हिरा, ३ सय वर्षयताकै सबैभन्दा ठूलो भएको अनुमान

मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हिरा फेला परेको छ । ३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो हिरा भएको मानिएको छ । लुलो खानीमा फेला परेको १ सय ७० क्यारेटको यो हिरालाई ‘लुलो रोज’ नाम दिइएको छ । लुलोमा रहेकाे हिरा खानीमा भेटिएको यो पाँचौँ ठूलो हिरा हो । अङ्गोला सरकार र अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनीले त्यहाँ खानी सञ्चालन गरिरहेका छन् । यसअघि १ सय ८५ क्यारेटको ‘दरिया–ए–नुर’ फेला परेको थियो । रत्न विशेषज्ञ जोआना हार्डी...

सम्बन्धित सामग्री

जर्मनी गहिरो मन्दीतर्फ– आईएमएफ

जर्मनी, २३ असोज । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच […]

निजीक्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजना उद्घाटन

काठमाडौं । निजीक्षेत्रको लगानीमा निर्मित नेपालको सबैभन्दा ठूलो सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको छ । सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाँउपालिकामा निर्मित ८६ मेगावाट क्षमताको यो आयोजना मुलुककै तेस्रो ठूलो जलविद्युत् आयोजना पनि हो । रन अफ रिभर (आरओआर) प्रकृतिको यो आयोजनामा शुरूमा ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । पछि लागत बढेर १४ अर्ब रुपैयाँ पुगेको बताइएको छ । ठेक्का व्यवस्थापन, प्राविधिक समस्या, कोरोना संक्रमण, निर्माण सामग्रीको मूल्यवृद्धिलगायत कारण आयोजनाको लागत बढेको निर्माण कम्पनीको भनाइ छ । साहस ऊर्जा लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाबाट वार्षिक ५२० दशमलव २० गिगावाट आवर बिजुली उत्पादन हुनेछ । त्यसमध्ये सुक्खायाममा १०० दशमलव २७ गिगावाट आवर र वर्षायाममा ४१९ दशमलव ९३ गिगावाट आवर उत्पादन हुने बताइएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यो आयोजना निर्माणपछि यस क्षेत्रमा रहेका सबैलाई हौसला मिलेको बताउनुभयो । जलविद्युत्का लागि प्राकृतिक रूपमा असीमित स्रोतसाधन रहे पनि विगत निराशाजनक रहेको भन्दै उहाँले २०६२/६३ को राजनीतिक परिवर्तनपछि जलस्रोत विकासले गति लिएको बताउनुभयो । आफूले नेतृत्व गरेका सरकारले जलविद्युत् क्षेत्रमा उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्रीले थप्नुभयो, ‘मैले पहिलो कार्यकालमा १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने अवधारणा अगाडि सारेको थिएँ तर राजनीतिक कारणले त्यो पूरा नभए पनि धेरै काम भयो । दोस्रो कार्यकालमा मैले यो क्षेत्रका लागि उचित एवं अनुकूल नेतृत्व (कुलमान घिसिङ) लाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेँ । त्यसपछि भएको लोडशेडिङको अन्त्यले राम्रो नेतृत्व आए धेरै कुरा गर्न सकिन्छ भन्ने सन्देश गयो ।’ तेस्रो कार्यकालमा आफू प्रधानमन्त्री भएपछि नेपाल र भारतबीच समझदारी भई भारतमा थप विद्युत् विक्रीको बाटो खुल्नुको साथै बंगलादेशसम्म विद्युत् निर्यातको लक्ष्य प्राप्तिनजिक पुगेको उहाँले बताउनुभयो । अब ग्रीन इनर्जीबाट हाइड्रोजन उत्पादन गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । ‘हाइड्रोजन उत्पादनलाई प्रोत्साहन दिने हो, अब म पनि हाइड्रोजनबाट चल्ने गाडी चढ्ने तयारीमा छु,’ उहाँले भन्नुभयो । निजी र सार्वजनिक क्षेत्रका बीच विश्वास आर्जन गरेर विद्युत् विकासका साथै अर्थतन्त्रलाई गति दिने सरकारको चाहना रहेको पनि प्रधानमन्त्रीले बताउनुभयो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् उत्पादनमा लागेको निजीक्षेत्रलाई सरकारले संरक्षण एवं संवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘जलविद्युत् आयोजना निश्चित समयपछि सरकारलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ । त्यसैले यसक्षेत्रमा लागेका उद्यमीलाई सरकारले अन्यभन्दा फरक दृष्टिले हेर्नुपर्छ,’ उनले भने, ‘साथै सरकारले जलविद्युत्को उत्पादन तीव्र गतिमा बढाउन एकद्वार प्रणालीको विकास पनि गर्नु जरुरी छ ।’ इप्पान अध्यक्ष आचार्यले अहिले जलविद्युत् खपत कम भइरहेको भन्दै यसलाई बढाउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार सरकारले विद्युत् व्यापारको इजाजत दिएको खण्डमा निजीक्षेत्र त्यसका लागि तयार छ । ‘निजीक्षेत्रले विद्युत्को व्यापार गर्न सक्छ,’ उनले भने । सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी साहस ऊर्जा लिमिटेडका अध्यक्ष हिमप्रसाद पाठकले जलस्रोतको उपयोग नेपालको समृद्धिको आधार भएको बताउँदै आफूहरूले आर्थिक रूपले विषम अवस्थामा पनि आयोजना निर्माण गरेको जानकारी दिए । ‘यसबाट कटिबद्ध भएर सामूहिक रूपमा काम गर्दा सफल भइन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ,’ अध्यक्ष पाठकले भने । कम्पनीका प्रबन्ध निर्देशक सुशील थापाले यो आयोजनाको राष्ट्रिय जलविद्युत्मा ३ दशमलव ५८ प्रतिशत शेयर रहने बताए । यो आयोजनाले चालू आर्थिक वर्षमा कुल राष्ट्रिय उत्पादन (जीडीपी) मा शून्य दशमलव शून्य ३ प्रतिशत र आगामी आर्थिक वर्षदेखि शून्य दशमलव १० प्रतिशत योगदान दिने उनको भनाइ छ । यो आयोजना गत माघ २७ गते राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ ।

जाडोमा झनै बढ्दै वायु प्रदूषण: श्वासप्रश्वासका बिरामी बढ्ने चिकित्सकको अनुमान

वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।

जीडीपीमा वाग्मती प्रदेशको सबैभन्दा ठूलो योगदान, आर्थिक वृद्धिदरमा अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा वाग्मती प्रदेशको हिस्सा सबैभन्दा बढी रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको प्रादेशिक राष्ट्रिय लेखा अनुमान २०७८/७९ मा वाग्मतीको हिस्सा ३६.९ प्रतिशत हुने जनाइएको हो । वाग्मतीपछि अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा प्रदेश नम्बर–१ को रहने अनुमान विभागको छ...

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लाग्याे : स्थानीय अधिकारी

युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगलागी भएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ ।  इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लान्टको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको बताउनुभएको छ ।  इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिनुभएको थियो ।  रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधवार स्थानीय नागर...

उत्तर कोरियाद्वारा सन् २०१७ पछियताकै 'सबैभन्दा ठूलो क्षेप्यास्त्र' परीक्षण

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट बिहान क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको बीबीसीमा उल्लेख छ ।  यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौँ क्षेप्यास्त्र हो ।  संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ  । तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् ।

वसन्त पर्वको यात्रामा चिनियाँ : एक अर्ब १८ करोड जनसंख्या निस्किने अनुमान

चीनको सबैभन्दा ठूलो चाड ‘स्प्रिङ फेस्टिवल’ (वसन्त पर्व)को यात्रा शुरु भएको छ। विश्वमै सबैभन्दा ठूलो मानव यात्राको सिजनको रुपमा लिइने यस समयमा एक अर्ब बढी जनसंख्या यात्रामा निस्किने गर्छन्। यस वर्ष स्प्रिङ फेस्टिवलका लागि चीनमा जनवरी १७ देखि फेब्रुअरी २५ सम्म चालिस दिनको समय तोकिएको छ। यस अवधिमा एक अर्ब १८…

सबैभन्दा ठूलो 'स्पेस स्टेशन’ नियन्त्रणबाहिर, पृथ्वीमा ठोक्किने अनुमान

काठमाडौं। अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको चीनको पहिलो अन्तर्राष्ट्रिय ‘स्पेश स्टेशन तियानगोंग–१’ नियन्त्रणबाहिर पुगेको र उक्त स्टेशन पुन पृथ्वीमा आएर ठोक्किने अनुमान वैज्ञानिकहरुले गरेका छन्...