काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग कुनै पनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । बुधवार प्रतिनिधि सभाकाे बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता यादवले वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मूल ध्येय भएको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षाका लागि, सङ्घीय गणतन्त्रकाे रक्षाका लागि, सङ्घीयता पक्षधर शक्तिसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्दालाई समर्थन गर्दछ । संविधान संशोधनलाई अगाडि बढाउँछ, त्यस्ता शक्तिसँग...