रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा पहिलो दिनबाटै राम्रो कमाई गरिरहेको छ । रिलिज भएको तेस्रो दिनमा चलचित्रले ४५ करोड भारतीय रुपैयाँको कमाई गरेको हो । योसँगै चलचित्रले पहिलो सप्ताहको अन्त्यमा भारतभित्र कूल १ सय २५ करोड भारु कमाउन सफल भएको छ । योसँगै ब्रम्हास्त्र पछिल्लो ६ वर्षमा सप्ताहको अन्त्यमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ । यसअघि रणवीरकै सञ्जुले १२० करोड भारु कमाएको थियो । त्यसपछि सलमानको टाइगर जिन्दा हे र सुल्तानले क्रमशः ११४.९३ भारु र १०५.५५ कर