भारतले नेपाललाई दिने वार्षिक अनुदान बढायो

आर्थिक वर्ष २०२४/२५ मा नेपालले भारतबाट ७०० करोड भारु अनुदान पाउने काठमाडौं। भारतले नेपाललाई दिने अनुदान ५० करोड भारतीय रुपैयाँ (भारु)ले बढाएको छ । अर्थमन्त्री निर्मला सीतारमणले बिहीवार भारतीय संसद्मा पेश गरेको अन्तरिम बजेटमा नेपाललाई दिइने अनुदान बढाइएको उल्लेख छ । भारतले आर्थिक वर्ष २०२४/२५ मा नेपाललाई ७ सय करोड भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।  यसअघि गतवर्ष फेब्रुअरी १ मा प्रस्तुत आर्थिक वर्ष २०२३/२४ को बजेटमा नेपाललाई ५ सय ५० करोड भारु (८ अर्ब ८० करोड रुपैयाँ) अनुदान दिने उल्लेख थियो । तर, भारतले यस वर्ष नेपाललाई दिएको अनुदान बढेर ६५० करोड भारु (१० अर्ब ४० करोड नेपाली रुपैयाँ) पुगेको छ ।  आर्थिक वर्ष २०२४/२५ मा भारतले दक्षिण एशियाली मुलुकमध्ये सबैभन्दा बढी सहयोग भुटानलाई गर्ने भएको छ । आर्थिक वर्ष २०२४/२५ मा भारतले भुटानलाई ऋण र अनुदान गरी २ हजार ६८ दशमलव ५६ करोड भारु दिँदै छ । आगामी वर्ष भुटानले भारतबाट ९ सय ८९ दशमलव ७० करोड भारु ऋण र बाँकी अनुदानको रूपमा पाउनेछ ।  पछिल्लो समय माल्दिभ्ससँग बिग्रिएको सम्बन्धका कारण भारतले उसलाई दिने अनुदान घटाएको छ । आर्थिक वर्ष २०२४/२५ मा भारतले माल्दिभ्सलाई ६ सय करोड भारु अनुदान दिनेछ, जबकि आर्थिक वर्ष २०२३ मा नयाँ दिल्लीले मालेलाई ७ सय ७० करोड भारु अनुदान दिएको छ ।  भारतले आगामी वर्ष श्रीलंकालाई दिने अनुदान पनि बढाएको छ । यस वर्ष श्रीलंकालाई ६० करोड भारु अनुदान दिएकोमा आगामी वर्ष ७५ करोड दिने भनिएको छ । अफगानिस्तानलाई आगामी वर्ष दिने अनुदान चालू वर्षको तुलनामा २० करोड घटाएर २ सय करोड भारु कायम गरिएको छ । अर्काे छिमेकी बंगलादेशलाई दिने अनुदान रकममा पनि भारतले १० करोड कटौती गरेको छ । बंगलादेशलाई भारतले यो वर्ष १ सय ३० करोड भारु अनुदान दिएकोमा आगामी वर्ष १ सय २० करोड भारु मात्रै दिने भनिएको छ । अरु के छ अन्तरिम बजेटमा ?  भारत सरकारले यसै वर्ष हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर यसपटक अन्तरिम बजेट ल्याएको छ । बजेटले विशेष गरी किसान, युवा, महिला र न्यून आय भएकालाई सम्बोधन गरेको सीतारमणको भनाइ छ ।  भारतीय अन्तरिम बजेटमा मेट्रो र नमो भारत ट्रेनको योजना राखिएको छ । नयाँ बजेटअनुसार नयाँ शहर र नयाँ क्षेत्रलाई मेट्रो रेलले जोडिनेछ । यसबाहेक नमो भारत ट्रेनको विस्तार गरिनेछ । यसैगरी बजेटले मध्यमवर्गीय यात्रामा पनि जोड दिएको छ ।  थप मेडिकल कलेज स्थापना गर्ने कार्यक्रम बजेटमा राखिएको छ । डिप टेक्नोलोजीलाई बलियो बनाइने बताइएको छ । ‘रुफ टप सोलाराइजेशन’को कार्यक्रम बजेटमा राखिएको छ । यसबाट १ करोड परिवारले ३ सय युनिट बिजुली नि:शुल्क प्राप्त गर्न सक्नेछन् ।  अन्तरिम बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सीतारमणले भनिन्, ‘भारतीय अर्थ व्यवस्थाले विगत १० वर्षमा गहिरो सकारात्मक परिवर्तन देखेको छ । भारतका नागरिक आशाका साथ भविष्यतर्फ हेरिरहेका छन् । जब नरेन्द्र मोदीको नेतृत्वले सन् २०१४ मा सत्ता सम्हाल्यो त्यसबेला देशले कठिन चुनौतीहरू सामना गरिरहेको थियो र सरकारले ती सबै चुनौतीमाथि सही रूपले नियन्त्रण कायम गरेको छ ।’  अन्तरिम बजेट २०२४/२५ मा मोदी सरकारले तीनओटा प्रमुख आर्थिक रेलवे कोरिडोर कार्यान्वयन गर्ने उल्लेख गरेको छ । सरकारले ऊर्जा, खनिज तथा सिमेन्ट कोरिडोर, पोर्ट कनेक्टिभिटी कोरिडोर र उच्च यातायात घनत्व कोरिडोर लागू गर्ने भनिएको छ । विगत १० वर्षमा भारतमा एयरपोर्टको संख्या दोब्बर बढेर १४९ पुगेको पनि बजेटमा उल्लेख छ । उनले मोदी सरकारले २५ करोड भारतीयलाई गरीबीको रेखाबाट बाहिर निकालेको समेत बताइन् । भारतका गरीब, महिला तथा आम सर्वसाधारणका लागि सरकारले प्राथमिकताका साथ काम गरेको उनको भनाइ छ ।  सरकारले कर्पाेरेट करको दर ३० बाट घटाएर २२ प्रतिशत गरेको छ । यस्तै नयाँ उत्पादन कम्पनीका लागि करको दर १५ प्रतिशत गरिएको छ । प्रोफेसनलका लागि करको सीमा ५० लाखबाट बढाएर ७५ लाख भारू पुर्‍याइएको छ ।  आयकरको स्ल्याबमा परिवर्तन गरिएको छैन । स्टार्टअपलाई कर छूटको समय १ वर्ष थप गरिएको छ । मोदी सरकारले व्यक्तिगत आयकरको दर कम गरेको छ । बजेटमा उल्लेख भएअनुसार ७ लाख भारूसम्मको आम्दानीमा कर लाग्दैन । सन् २०१३/१४ मा आयकरको सीमाअन्तर्गत यो रकम २ लाख रुपैयाँ थियो ।  मोदी सरकारले खुद्रा कारोबारका लागि आयकर राहतको सीमा २ करोडबाट बढाएर ४ करोड भारू पुर्‍याएको अर्थमन्त्री सीतारमणले बताइन् । विगत केही वर्षहरूमा करदाताको संख्या निकै बढिरहेको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

नबिल फ्लेक्सी क्याप फण्डले सूचीकृत शेयरमा लगानी बढायो

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले माघ महीनाको तुलनामा फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ३३ करोड १७ लाख रहेकोमा फागुन मसान्तमा बढाएर रू. ३९ करोड ४७ लाख पुर्‍याएको हो ।  फण्डको न्याभ भने माघ महीनाको तुलनामा फागुन महीनामो केही घटेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा घटेर १० रुपैयाँ ३१ पैसा कायम भएको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा रू. २ करोड ४२ लाख नाफा कमाएको छ । माघ मसान्तमा भने फण्डले रू. २ करोड ४६ लाख नाफा कमाएको थियो । माघको तुलनामा फण्डको नाफा फागुन महीनामा केही घटेको छ ।  फण्डको कुल आम्दानी भने माघ मसान्तमा रू. ३ करोड ९ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड १७ लाख पुगेको हो ।  फण्डको मुद्धति निक्षेपमा माघ मसान्तमा रू. ५ करोड रहेकोमा फागुन मसान्तमा रू. ४ करोड रहेको छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

नबिल फ्लेक्सी क्याप फण्डले सूचीकृत शेयरमा लगानी बढायो

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले माघ महीनाको तुलनामा फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ३३ करोड १७ लाख रहेकोमा फागुन मसान्तमा बढाएर रू. ३९ करोड ४७ लाख पुर्‍याएको हो ।  फण्डको न्याभ भने माघ महीनाको तुलनामा फागुन महीनामो केही घटेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा घटेर १० रुपैयाँ ३१ पैसा कायम भएको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा रू. २ करोड ४२ लाख नाफा कमाएको छ । माघ मसान्तमा भने फण्डले रू. २ करोड ४६ लाख नाफा कमाएको थियो । माघको तुलनामा फण्डको नाफा फागुन महीनामा केही घटेको छ ।  फण्डको कुल आम्दानी भने माघ मसान्तमा रू. ३ करोड ९ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड १७ लाख पुगेको हो ।  फण्डको मुद्धति निक्षेपमा माघ मसान्तमा रू. ५ करोड रहेकोमा फागुन मसान्तमा रू. ४ करोड रहेको छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस

कसरी बुझ्ने बिपी?

बिपीलाई देखे/भोगेको कांग्रेसी छोरा पुस्ताले बिपीको नाम बिक्री गरेर हैसियत बढायो। सम्मान गर्न सकेन।...

वन्यजन्तुले बढायो जोखिम

रसुवा मंसिर २४ । उच्च भागमा चिसो बढ्दै गएका कारण तातो क्षेत्र खोज्दै हिँड्ने वन्यजन्तुबाट पैदलयात्रामा मानिसलाई जोखिम बढ्न थालेको छ । जङ्गली भालु मानव बस्तीको नजिक आउन थालेको र हालै एक व्यक्तिलाई घाइतेसमेत बनाएपछि जोखिम महसुस भएको हो । मानिस आक्रमणको साथै आयआर्जनका लागि किसानले पालन गरेका बङ्गुरको पाठासमेत जङ्गली भालुले आक्रमण गर्ने गरेको […]

निर्वाचनले आर्थिक गतिविधि बढायो

काठमाडौं, जेठ ४ । स्थानीय तहको निर्वाचनले आर्थिक गतिविधि बढाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारदेखि उमेदवारसम्मले गरेको खर्चले गर्दा आर्थिक क्षेत्र चलायमान भएको हो। यकिन तथ्यांक नभए पनि करिव आधा खर्ब रूपैयाँ बढी रकम खर्च भएको यस क्षेत्रका जानकार बताउँछन्। निर्वाचन प्रचारप्रसारदेखि मत पत्रको छपाइ, माइक तथा साउन्ड सिस्टम, पेट्रोलिय पदार्थ, […]

चीनले इराकमा सक्रियता बढायो

एजेन्सी, १४ वैशाख । चीनले इराकमा सक्रियता बढाएको छ । एशिया र अफ्रिकाका देशहरुमा प्रभाव बढाउँदै लगेको उसले पछिल्लो समय इराकमा पनि सक्रियता देखाएको हो । चीनले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआइ) मार्फत् सँसारभरका विकासोन्मुख देशहरुमा प्रभाव बढाउँदै लगेको छ । उसले श्रीलंका, पाकिस्तान, म्यानमार, जिबुटी जस्ता देशहरुलाई महङ्गो ब्याजमा ऋण दिइसकेको छ । चीनको […]

माओवादीले पनि बढायो पदाधिकारीको संख्या

काठमाडौं, ११ पुस । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सुरु हुन केही बेरमात्र बाँकी रहँदा पदाधिकारीको संख्या बढाएको छ । माओवादी केन्द्रको पेरीस डाँडामा बसेको आजको केन्द्रीय समितिको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो । निर्णयसँगै अब माओवादीमा १५ पदाधिकारी हुनेछन् । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ […]

मोटर कुद्ने बाटो

खै किन आयो आँगनको डिलै भत्काएर बाटो? किन आयो मोटर? बढायो हाम्रो दूरी उडायो उनीहरुलाई सात समुद्रपारि!

पूजा र विवाहले बढायो कोरोना

जाजरकोट, २८ वैशाख: चैत र वैशाखमा धेरै विवाह तथा पूजा भएका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढाउने गतिलो माध्यम भएको स्वास्थ्यकर्मीले बताएका छन् । विवाह र पूजामा धेरै मानिस जम्मा हुँदा एकले अर्कोलाई कोरोना सार्दा वडा नं ३ मा जाँच गर्दा ७० प्रतिशतमा कोरोना देखिएको गौतमले जानकारी दिए । सामाजिक पर्वका रूपमा स्थापित हुँदै आएका यस्ता […]

औचित्यहीन बन्यो राष्ट्रियसभाको सातौँ अधिवेशन: खर्चमात्रै बढायो, के भन्छन् सांसद?

काठमाडौँ: राष्ट्रियसभाको साताौँ अधिवेशन उपलब्धिमूलक हुन सकेन। पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौँ अधिवेशनमा जम्मा ४ वटा बैठक बसे। यो अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो। एउटा बैठक सञ्चालनका लागि राष्ट्रियसभा सदस्यको बैठक भत्ता, मर्यादापालकहरुको व्यवस्थापन, सुरक्षा व्यवस्था, स्वास्थ्य सर्तकतालगायत विभिन्न शीर्षकमा गरी झण्डै ८…